Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

बीवाईडीको डल्फिन, एट्टो ३ र एम६ पोखरामा प्रदर्शन

बीवाईडीको डल्फिन, एट्टो ३ र एम६ पोखरामा प्रदर्शन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ। फागुन १४ देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको अवधारणा प्रस्तुत गर्दै तीन मोडलका ईभी सवारी साधन प्रदर्शन गरेको छ। बीवाईडीले उक्त अटो शोमा डल्फिन, एट्टो ३ र एम६ गरी तीन अत्याधुनिक इलेक्ट्रिक मोडल प्रस्तुत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बीवाईडी डल्फिन

बीवाईडी डल्फिनलाई सुरक्षित तथा स्मार्ट फेमिली कारको रूपमा चिनिन्छ। यसमा उन्नत सुरक्षासम्बन्धी प्रविधि, नवीनतम प्रविधिहरू तथा सहरमैत्री सहज ड्राइभिङ अनुभव उपलब्ध छन्। यी विशेषताहरू भए पनि डल्फिन एक किफायती विकल्पसमेत हो।

बीवाईडी एट्टो ३

नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रूपमा परिचित बीवाईडी एट्टो ३ नेपालमा सर्वाधिक बिक्री हुने एसयूभीमध्ये अग्रस्थानमा रहेको छ। यसलाई सहर तथा लामो दुरीको यात्राका लागि उपयुक्त रूपमा डिजाइन गरिएको छ। स्पोर्टी लुक्स, शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिहरू यसका प्रमुख विशेषताहरू हुन्।

बीवाईडी एम६

नेपालको पहिलो प्रिमियम ७-सीटर इलेक्ट्रिक एमपीभीको रूपमा चिनिने बीवाईडी एम६ फराकिलो र विलासी मल्टी -पर्पस भेइकल -एमपीभी- हो। वातावरणमैत्री शून्य उत्सर्जन तथा उच्चस्तरीय आराम चाहने परिवारका लागि यो उपयुक्त विकल्प हो।

विशेष अफर सहितको सहभागिता

बीवाईडीले वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरूका लागि विशेष अफर ल्याएको छ। सीमित अवधिका लागि उपलब्ध यस अफरमा २०५ डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष निःशुल्क बीमा, १ वर्षको सडक कर कभर, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा निःशुल्क होम चार्जर जस्ता सुविधाहरू समावेश छन्।

पोखराका लागि बीवाईडीको भिजन
नेपालभर बढ्दै गएको इलेक्ट्रिक सवारीको प्रयोगलाई ध्यानमा राख्दै बीवाईडीले पोखरा तथा पश्चिमाञ्चल क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य लिएको छ। वाडा अटो शो २०२५ मा सहभागीहरू बीवाईडीका ईभीहरूको अत्याधुनिक प्रविधि, नवीनतम विकास तथा आवश्यक वित्तीय योजना र सर्भिसबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

वाईडीले स्थानीय साझेदारहरूसँगको सहकार्यद्वारा नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्द्धन गर्दै उच्च प्रदर्शन, सुरक्षा तथा विश्वसनीयतासहितका अत्याधुनिक ईभी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। इलेक्ट्रिक इनोभेसनको अनुभूति गर्न र बीवाईडीको विशेष वाडा अटो शो अफरको लाभ उठाउन पोखरा प्रदर्शनी केन्द्रमा रहेको बीवाईडीको स्टल भ्रमण गर्न सबैमा अनुरोध गरिन्छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit