काठमाडौं । तीनकुनेमा यही चैत १५ गते राजावादी समर्थकको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले राजावादीहरुको प्रदर्शनबाट भएका सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो।
बैठकपछि समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न तथा यस्ता घटनाहरु पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन समेत सरकारलाई निर्देशन दिए।
‘उक्त दिनको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जो सुकैलाई पनि कानूनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ,’ थापाले भने ।
यस्तै, समितिले यस प्रकारका आन्दोलनमा भएका निजी सम्पतिमाथिको तोडफोड र लुटपाट प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनले भने, ‘२०८१ चैत्र १५ गते शुक्रबारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुईजना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरु घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारी साधन तथा लगायतका सम्पतिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ। ’

















प्रतिक्रिया दिनुहोस्