Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

औद्योगिक क्षेत्रका मजदुरहरूको अवस्था कस्तो छ भनेर अध्ययन गरिरहेका छौं :  सभापति अन्सारी

औद्योगिक क्षेत्रका मजदुरहरूको अवस्था कस्तो छ भनेर अध्ययन गरिरहेका छौं :  सभापति अन्सारी
विज्ञापन
Advertisement

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको अवस्था अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय हुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति अन्सारीले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था र श्रमिकका समस्याबारे प्रत्यक्ष जानकारी लिन निरीक्षण गरिएको बताए।

उनले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था बुझेर सुधारका लागि आवश्यक पहल गरिने बताए। ‘यो मात्र होइन, देशभरिका औद्योगिक क्षेत्रहरूको व्यवस्थापन कसरी भइरहेको छ, अहिलेको वस्तुगत अवस्था के छ र कस्ता काम अगाडि बढेका छन् भन्ने बुझ्न हामी यहाँ आएका हौं। उद्योगभित्र मजदुरहरूको अवस्था कस्तो छ भन्ने पनि अध्ययन गरिरहेका छौं,’ अन्सारीले भने।

स्थलगत अध्ययनबाट प्राप्त तथ्यका आधारमा समितिले उद्योगसम्बन्धी नीति, कानुन र कार्यान्वयनका विषयमा सरकारसँग छलफल तथा जवाफ माग्ने उनको भनाइ छ ।
‘समितिमा उद्योगसँग सम्बन्धित विषयमा नीतिगत छलफल हुनेछ र देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग जवाफ खोज्ने काम गर्छौं,’ सभापतिले भने।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न, प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। ‘यो लिमिटेडलाई अझ अधिकारमुखी र सबल कसरी बनाउने भन्ने विषयमा हाम्रो विशेष जोड रहनेछ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit