Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री आजदेखि

दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री आजदेखि
विज्ञापन
Advertisement

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आज (चैत १९) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको जनाएको छ ।

कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ मूल्य दरमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउँछन् । कम्पनीको हकप्रद सेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

सानिमा क्यापिटल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit