Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जेनजीसँग निःशुल्क शेयर दिने सहमति भएको छैन : भोटेकोसी पावर

जेनजीसँग निःशुल्क शेयर दिने सहमति भएको छैन : भोटेकोसी पावर
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोसी पावर कम्पनी प्रालिले बीकेपीसीसँग निःशुल्क शेयर दिने सहमति नभएको बताएको छ। बुधबार कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड ( बीकेपीसीी)सँग निःशुल्क शेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमहरुमा निःशुल्क शेयर दिनेगरी सहमती भएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ,‘भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क शेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’

जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोसी पावर कम्पनीका १० प्रतिशत शेयर खरिदका लागि आवेदन दिने तयारी गरेको कम्पनीले जनाएको छ । भोटेकोसी पावरका अनुसार जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीको शेयरधनी बनाइने र कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले १० प्रतिशत शेयर जेनजी पब्लिक इन्भेस्टमेन्टलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

शेयर खरिदका लागि आवश्यक रकम उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकबाट ऋणस्वरूप लिने र सो ऋणको जमानी व्यवस्था मात्र बीकेपीसीले गर्ने सहमति भएको कम्पनीले स्पष्ट पारेको छ । ‘१० प्रतिशत शेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि बीकेपीसीले जमानी मात्रको ब्यवस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहान्छौं’ विज्ञप्तिमा भनिएको छ ।

भोटेकोसी पावरका अनुसार आयोजना निर्माण सम्पन्न भइसकेकाले कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट प्राप्त रकम पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण र ब्याज तिर्न प्रयोग हुनेछ। ‘यसरी शेयर खरिद गर्ने व्यवस्था निःशुल्क शेयर वितरण होइन,’ भोटेकोसीले स्पष्ट गरेको छ । साथै, कम्पनीले यस विषयमा भ्रममा नपर्न सरोकारवाला सबैलाई अनुरोध पनि गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit