Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मंगलबार बैंकक प्रस्थान गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

ओली नेपालबाट थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री समेत हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ । यस्तै प्रधानमन्त्रीले थाइल्याण्डमा रहँदा चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit