Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती
विज्ञापन
Advertisement

नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् ।

कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब दुई लाख रुपैयाँ लागतमा एककठ्ठा जग्गामा दुई हजार ५०० सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उनले अनुभव सुनाए ।

“जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घटछ । यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने पाँच लाख रुपैयाँ बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ”, उनले भने ।

जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख रवीन्द्रनाथ चौबेले जानकारी दिए । केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit