Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विज्ञापन
Advertisement

काठमाडौं । आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो आँकडा अघिल्लो आर्थिक वर्ष (२०२३/२४) को तुलनामा ३.९ प्रतिशतको वृद्धिदर हो ।

विश्व बैंकको नेपाल विकास प्रतिवेदन अनुसार आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन अनुसार यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ ।

प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।

‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलत वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ’, विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भनेका छन् ।

प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास जस्ता जोखिमलाई कम गर्नुपर्ने औंल्याएको छ । जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit