Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ
विज्ञापन
Advertisement

एजेन्सी। निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छना् ।

विज्ञापन
Advertisement
Advertisement

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक निर्देशक ह्विटलले बुधबार गाजामा ‘रगत, पीडा र मृत्युको अनन्त चक्र’ चलिरहेको बताए । ह्विटलले संयुक्त राष्ट्र परिसरमा नै ट्याङ्कमा आगलागी हुदाँ आफ्ना सहकर्मीको मृत्यु भएको तथा अन्य गम्भीर घाइते भएको बताए । उनले चरम द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सहायता र अस्पतालहरू प्रभावित भएको बताए ।

मानवीयताका आधारमा सहयोग गरिएका गाडीहरूमा द्वन्द्वमा मारिएका मानिसहरु बोक्न प्रयोग गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै खाद्यान्न वितरण स्थलमा बम प्रहार गरि सहायता कर्मीहरूको हत्या हुनु निन्दनीय भएको उनले बताए। युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुदाँ पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएको ह्विटलले बताए । गाजामा बढ्दो युद्व चक्रबाट मानिसहरूको निरन्तर मृत्यु भएकोमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘युद्धविराम पछि मानिसको हत्या भएको घटनाको निन्दा गर्नु भएको’ उनको प्रवक्ता स्टेफन डुजारिकले बताए ।

‘मार्च २३ मा इजरायली सेनाले गरेको आक्रमणका कारण १५ जना मेडिकल कर्मचारी तथा मानवतावादीको मृत्युबाट महासचिव गुटेर्रेस स्तब्ध भएको उनले बताए । उनका अनुसार गुटेर्रेसले युद्धविराम, तत्काल बन्धकहरूको बिना शर्त रिहाइ र गाजामा निर्बाध मानवीय पहुँचको लागि आह्वान गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit