Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ऋण लगायो भनेर कराउनुको अर्थ छैन, राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मानिँदैन : प्रधानमन्त्री

ऋण लगायो भनेर कराउनुको अर्थ छैन, राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मानिँदैन : प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य छिमेकी देशभन्दा नेपालको सार्वजनिक ऋण कम भएको तर्क गर्दै ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो ऋण मान्न नमिल्ने बताए। प्रधानमन्त्री ओलीले सभामा भने, ‘ऋण लगायो भनेर कराएको छ। संसारमा अरु छिमेकीभन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको २४–२५ प्रतिशत होला। यदि सावधानीका साथ लिएको र प्रयोग गरिएको छ भने राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो ऋण मानिँदैन ।’

उनले जापानको ऋणको अवस्था देखाएर अन्य विदेशी देशभन्दा नेपालको ऋण कम रहेको तर्क गर्दै देशको पैसाले मात्र विकास सम्भव नभएको बताए । ‘जापानको ऋणको स्थिति हेर्ने हो भने राष्ट्रिय आयभन्दा बढी होला तर ऊ त विकसित देश हो। विकास गरेपछि आम्दानी हुन्छ। आम्दानी भएपछि तिर्न सकिन्छ। हाम्रो पैसाले विकास गर्न त संभावना नै छैन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अहिले एक करोडको काम गर्न दुई करोड रुपैयाँ खर्च भइरहेको जिकीर गर्दै सच्याएर जानुपर्नेमा जोड दिए । अघिल्लो सरकारले बिगारेको अर्थतन्त्र आफूहरूले ९ महिनामा सच्याउँदै ल्याएको दाबी प्रधानमन्त्री ओलीको छ।

यस्तै, ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन गर्ने बताए । त्यसका लागि कांग्रेस एमालेको संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँने भनाइ उनको छ । उनले भने, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली काँग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।’

छिमेकीसँगको सम्बन्ध बिग्रिएको चर्चाका बीच प्रधानमन्त्री ओलीले दुबै छिमेकीसँग सम्बन्धबारे अनावश्यक हल्ला चलाइएको टिप्पणी गर्दै राम्रो र मित्रवत सम्बन्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग अशल मित्रता छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit