images images images
images images images
images
images
images

२६६६ विन्दुमा नेप्से, ९ वटा समूहमा उच्च गिरावट

images

काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ३.४४ अंकले घटेर २ हजार ६६६. ६१ विन्दुमा आइपुगेको छ। यो दिन वाणिज्य बैंक सहित ९ वटा उपसमूहको सूचकमा गिरावट आएको छ ।

फाइनान्स, उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूहको सूचकमा हरियाली बनेको हो । यो दिन पाँच अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, हिमालयन रिइन्स्योरेन्स रहेका छन् । त्यस्तै, यो दिन बराही हाइड्रो पावर, सिन्धु विकास, सामुदायिक लुघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.७२ प्रतिशतदेखि ५.२८ प्रतिशतले घटेको छ ।
सामान्य अंकले बढेको बजारमा बोटलर नेपाल (बालाजु), वेन नेपाल लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत कम्पनी र गुराँश लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.९३ प्रतिशतदेखि १० प्रतिशतले बढेको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्