काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका निम्ति चुनिएका छन् ।
ओलीले दुई तिहाइ बढी (१६ सय ६३) मत प्राप्त गर्दै तेस्रो कार्यकालको नेतृत्वका लागी विजयी भएका हुन् । यो सँगै पार्टी नेतृत्वमा ओलीको ‘ह्याट्रिक’ पूरा भएको छ । यसअघि उनी नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भई एमालेको नेतृत्व गर्दै आएका थिए ।
ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै, एमाले महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । जारी ११औँ महाधिवेशनबाट पोखरेल महासचिवमा निर्वाचित भएसँगै उनी दोहोरिएका हुन् । पोखरेलले एक हजार २२८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याएका छन् ।
यद्यपी निर्वाचन परिणामको औपचारीक घोषणा भने हुन बाँकी छ ।

















प्रतिक्रिया दिनुहोस्