Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा कालीमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १. ०६५ को अनुपातमा हकप्रद शेयर निश्कासनको प्रस्ताव पारित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले यस अघि १ : १ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णयलाई संशोधन गरी १.०६५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरेको थियो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन उपर छलफलगरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै, सभाले हकप्रद शेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit