Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षकहरुले राष्ट्रको हित र आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ, आफ्ना समस्या मात्र हेरेर हुँदैन : प्रधानमन्त्री

शिक्षकहरुले राष्ट्रको हित र आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ, आफ्ना समस्या मात्र हेरेर हुँदैन : प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको उल्लेख गर्दै देशको हित हेर्नुपर्ने बताएका छन् । सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने भनाइ प्रधानमन्त्रीको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएको जिकीर गरे । उनले आन्दोलनरत शिक्षकहरुलाई भने, “समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु । तपाईंहरुले आफ्ना समस्या मात्रै होइन राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको आज दस दिन भएको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक चैत २० गतेदेखि प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले दश दिनदेखि लगातार माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit