images
images
images

शिक्षकहरुले राष्ट्रको हित र आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ, आफ्ना समस्या मात्र हेरेर हुँदैन : प्रधानमन्त्री

images
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको उल्लेख गर्दै देशको हित हेर्नुपर्ने बताएका छन् । सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने भनाइ प्रधानमन्त्रीको छ ।

शुक्रबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएको जिकीर गरे । उनले आन्दोलनरत शिक्षकहरुलाई भने, “समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु । तपाईंहरुले आफ्ना समस्या मात्रै होइन राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’

images
images

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको आज दस दिन भएको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक चैत २० गतेदेखि प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले दश दिनदेखि लगातार माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्