Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता
कास्की ३ मा मतगणना सुरु लेखनाथ (कास्की), २१ फागुनः सर्वदलीय सहमतिपछि प्रतिनिधिसभा सदस्य निर्वाचन कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना शुक्रबार बिहान २ बजेदेखि पोखरा–५ मालेपाटनस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा सुरु । तस्बिरः ऋषिराम बराल÷रासस
विज्ञापन
Advertisement

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन् ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit