images
images
images

बसिरको उम्दा पारीको बावजुद नेपाल ३ रनले पराजित, उपाधि कुवेतलाई

images
images

काठमाडौं । बसिर अहमदको उम्दा पारीको बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ ।

आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनायो ।

images
images

पावर प्लेमै निकै दबाबमा रहेको नेपालका लागि बसिर अहमदले उत्कृष्ट ८० रनको योगदान गरे । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई बसिरले जित नजिक पुर्याए । बसिरले नवौँ विकेटका निम्ति नन्दन यादवसँग ७२ रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक अवस्थासम्म पुर्याए।

यस्तै, आक्रामक ब्याटिङ गरेका नन्दनले १४ बलमा चार छक्का र दुई चौकासहित ३७ रन जोडे ।

२०औँ ओभरको पहिलो बल ‘नो बल’ हुँदा बसिरले छक्का प्रहार गरेपछि नेपाललाई ६ बलमा जितका लागि मात्र चार रनको आवश्यकता थियो । तर, कुवेतका बलर अनुदीप चेन्थामाराले लगातार दुई बल डट मात्र दिएनन् बलमा बसिरलाई क्लिन्टो अन्टोबाट क्याचा गराए ।

ओपनर आसिफ सेखले ११ बलमा २१ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउनै सकेनन् । नेपालका कुशल मल्ल गोल्डेन डक हुँदा दीपेन्द्रसिंह ऐरी डक भए ।

कुवेतका चेन्थामाराले तीन विकेट लिदा यासिन पटेल र नविनराज राजेन्द्रनले समान दुई विकेट, मोहमेद अस्लाम र मोहमेद साफिकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन जोड्दा क्लिन्टो अन्टोले १४ बलमा २६ रन थपे । यस्तै, उस्मान पटेलले २३ रन, मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिदा कुशल भुर्तेल र करण केसीले समान एक विकेट लिए ।

लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेर उपाधिका लागि प्रतिस्पर्धा गरेको थियो । समान खेलबाट चार अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको कुवेतले उपाधि चुमेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्