Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्ब माथिको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर २७२२ विन्दुमा पुगी कारोबार बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेका अनुसार आज कुल ३११ कम्पनीका सेयर किनबेच हुँदा १८७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५९ कम्पनीका सेयर घटेको छ ।

बिहीबार कुल २ करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब, ७९ करोड ७३ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये सबैभन्दा बढी हिमालयन पावर पार्टनर कम्पनीको १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

हिमालयन पावरपछि एनआरएन इन्फ्रास्ट्रक्चर, हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्ट, न्यादी ग्रुप र राधी विद्युत कम्पनीको धेरै कारोबार भएको नेप्सेले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit