Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दुई दिनमै ६ हजार दुई सय रुपैयाँले महँगियो सुन, तोलाको कति ?

दुई दिनमै ६ हजार दुई सय रुपैयाँले महँगियो सुन, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ उकालो लागेको छ। आइतबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला पाँच हजार रूपैयाँले महँगिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (आइतबार) एक तोला सुनको मोल दुई लाख ९२ हजार दुई सय रूपैयाँमा खरिदबिक्री भएको थियो। साताको दुई कारोबार दिनमै सुनको मूल्य ६ हजार दुई सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको भाउ पनि महँगिएको छ। आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा किनबेच भएको चाँदी सोमबार पाँच हजार १५ रूपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit