
काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण विभिन्न सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएससहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने कम्पनीले जनाएको छ ।
पाँच भेरियन्टको मूल्य ?
हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) : ५ लाख ५५ हजार रुपैयाँ
हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : ५ लाख ६६ हजार रुपैयाँ
सिग्नल्स (कमाण्डो सेण्ड) : ५ लाख ६६ हजार रुपैयाँ
डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : ५ लाख ७३ हजार रुपैयाँ
क्रोम (इमराल्ड ग्रीन) : ५ लाख ७९ हजार ९०० रुपैयाँ
वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र बिक्रीका लागि उपलब्ध गरिएको छ ।
कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।’
कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्