Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाली खानाको प्रवर्द्धन गर्न भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

नेपाली खानाको प्रवर्द्धन गर्न भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौंको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ । नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरका सेफलाई काठमाडौं बोलाएर खाना महोत्सव आयोजना गरिएको जानकारी दिए । । उनका अनुसार महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहनेछ ।

अधिकारीले हाल अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् ।

यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतको कक्ष कक्ष रहने उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit