Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति भान्सले गरे परिवारसँगै अक्षरधाम मन्दिर भ्रमण

भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति भान्सले गरे परिवारसँगै अक्षरधाम मन्दिर भ्रमण
विज्ञापन
Advertisement

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनी पालम एयरपोर्टमा सोमबार अवतरण गरेका हुन् । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

परिवारसँगै भारत भ्रमणमा गएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरिन् । उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गरेको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताइन् ।

उनले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम तय छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र अमेरिका भारतबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका थिए ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्नेछन् भने बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit