images images images
images images images
images
images
images

अरुण–३ जलविद्युत आयोजनाको निरिक्षणका लागि नेपाल आइपुगे भारतीय विद्युतमन्त्री खट्टर

images

काठमाडौं । भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले मंगलबार विमानस्थलमा स्वागत गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । २०८१ माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

images
images

मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि आएका हुन् । मन्त्री खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । खट्टरसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि अरुण–३ को अवलोकन गर्ने बताइएको छ । उक्त अवलोकनमा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको समेत सहभागिता हुनेछ ।

आयोजनाको अवलोकन पश्चात् खट्टर राजनीतिक भेटघाटपछि बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्