Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बागमती सरकारको नौ महिनामा बजेट खर्च ३२ प्रतिशत मात्र, पर्यटन मन्त्रालयले खर्चै गर्न सकेन बजेट

बागमती सरकारको नौ महिनामा बजेट खर्च ३२ प्रतिशत मात्र, पर्यटन मन्त्रालयले खर्चै गर्न सकेन बजेट
विज्ञापन
Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश सरकारले आव २०८१/ ८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालु आव २०८१/८२ को नौ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड सात लाख ११ हजार र चालुतर्फ १० अर्ब ४९ करोड सात लाख ५५ हजार गरी २० अर्ब ९८ करोड १४ लाख ६६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले खर्च गरेको छ ।

प्रदेश सरकारले आव २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट ल्याएको थियो । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ४३ प्रतिशत, प्रदेशसभा सचिवालयले ४३ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र केही महिनाअघिबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी सञ्ज्यालले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit