Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

७२ ब्रोकरको सर्भरमा आएको समस्याबारे छानबिन गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

७२ ब्रोकरको सर्भरमा आएको समस्याबारे छानबिन गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

कारोबार स्थगनको कारण र सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणालीमा समस्या उत्पन्न भई धितोपत्र कारोबार स्थगन भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले घटनाको आवश्यक अध्ययन तथा छानबिन गरी सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।

बोर्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या उत्पन्न भएको थियो। उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार स्थगन गरिएको परिस्थितिप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको हो।

बोर्डले नेप्सेलाई कारोबार रोक्नुपर्ने अवस्था सिर्जना हुनुका कारणबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न निर्देशन दिएको छ।

यसैगरी, नेप्सेबाट समस्यासम्बन्धी जानकारी प्राप्त हुनासाथ बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गर्न र कारोबार स्थगन गर्नुपर्ने कारण पत्ता लगाउन उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको जनाएको छ।

बोर्डका अनुसार निरीक्षण टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप कार्य अघि बढाइनेछ। बोर्डले धितोपत्र बजारसँग सम्बन्धित सबै सरोकारवालालाई यस विषयमा जानकारी गराउँदै बजारको सुरक्षा र विश्वसनीयता कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit