images images images
images images images
images
images
images

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख पुग्न ३ हजार कम

images

 काठमाडाैं । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

images
images

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६९ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्