Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

गभर्नर नियुक्तिमा सरकारको बेवास्ता, सिफारिस समितिकै सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए

गभर्नर नियुक्तिमा सरकारको बेवास्ता, सिफारिस समितिकै सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया गम्भीर अन्योलमा फसेको छ। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएपछि सरकारको लाचारी र प्रक्रियाप्रति देखिएको बेवास्ता थप उजागर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको नेतृत्व खाली भएको एक महिना बितिसक्दा समेत सरकारले नियुक्त गरेको सिफारिस समितिले एक पटक पनि बैठक गर्न सकेको छैन। भट्टराईले संयोजकको निष्क्रियता र समितिको भूमिकामाथि स्पष्टता नहुँदा राजीनामा दिनुपरेको बताएका छन्। ‘सरकार आफैंले चाहेको पात्र नियुक्त गर्न चाहन्छ भने समिति किनरु हाम्रो भूमिका नै अस्पष्ट भयो,’ उनले टिप्पणी गरे।

चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै देशको केन्द्रीय बैंक गभर्नरविहीन छ। अहिले कार्यवाहक गभर्नर नीलम ढुंगानाको भरमा राष्ट्र बैंकको कार्य सञ्चालन भइरहेको छ, तर दीर्घकालीन नीति र निर्णयहरू ठप्प अवस्थामा छन्।

राष्ट्र बैंक ऐनअनुसार नयाँ गभर्नरको नियुक्ति गभर्नरको कार्यकाल समाप्त हुनु एक महिना अगाडि नै गर्नुपर्ने प्रावधान हुँदाहुँदै सरकार यस संवैधानिक जिम्मेवारीप्रति गम्भीर देखिएको छैन। भट्टराईको राजीनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष बुझाइएको छ, जसले यो विषयलाई अझ गम्भीर बनाएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit