Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डेटा सेन्टर र क्लाउड सेवा सूचीकरणमा एनसेलको अग्रता, पहिलो नेपाली कम्पनी बन्न सफल

डेटा सेन्टर र क्लाउड सेवा सूचीकरणमा एनसेलको अग्रता, पहिलो नेपाली कम्पनी बन्न सफल
विज्ञापन
Advertisement

काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकको रूपमा नेपाल सरकारबाट सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले आइतबार एनसेललाई यो मान्यता दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

विभागले ‘डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ अनुसार कम्पनीको प्रत्यक्ष निरीक्षण र पेश गरिएका कागजातको अध्ययनपछि मापदण्ड र सुरक्षा प्रावधान पूरा भएकाले सूचीकृत गरेको जनाएको छ।

एनसेलले ललितपुरको नख्खुमा अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालन गरिरहेको छ भने पोखरा र हेटौडामा डिजास्टर रिकभरी केन्द्रहरू छन्। सूचीकृत भएपछि अब एनसेलले यी सेवा सहज रूपमा कानुनी रूपमा सञ्चालन गर्न सक्नेछ।

एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने, ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार साइबर सुरक्षा र गोपनीयता सुनिश्चित गरेका छौं। सूचीकृत भई सरकारबाट मान्यता पाउनु गर्वको विषय हो। यस सूचीकरणले नेपालको सूचना प्रविधि क्षेत्रमा पारदर्शिता, नियमन र साइबर सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit