Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
विज्ञापन
Advertisement

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार ९५२ रुपैयाँ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ । मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो ।

यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब ८६ लाख र चालु आवमा करिब रु ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिए ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिए। यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उनले बताए ।

मुक्तिनाथ विकास समितिले गत आव २०८०-०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा रु नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit