Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ को तयारी पूरा, २५० भन्दा बढी स्टल रहने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ को तयारी पूरा, २५० भन्दा बढी स्टल रहने
जानकारी दिइँदै काठमाडौँ, ९ वैशाखः उद्योग वाणिज्य महासङ्घद्वारा काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत् दशौँ नेपाल इन्टरनेशनल ट्रेड फेयर सम्बन्धमा सञ्चारकर्मीलाई जानकारी दिइँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको यो मेला वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

विज्ञापन
Advertisement
Advertisement

महासंघले मंगलबार टेकुस्थित सचिवालयमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारीबारे जानकारी गराएको हो। मेलामा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश र थाइल्याण्डका व्यापारी तथा उत्पादकहरूको सहभागिता रहनेछ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टलमार्फत वस्तु तथा सेवा प्रदर्शन गरिने र करिब २० हजार अवलोकनकर्ताहरूले मेलामा सहभागिता जनाउने अपेक्षा गरिएको जानकारी दिए।

अर्का उपाध्यक्ष हेमराज ढकालले यो मेला आफ्नो दशौं संस्करणमा प्रवेश गरेको उल्लेख गर्दै ‘मेड इन नेपाल पेभेलियन’ तथा विभिन्न वस्तुगत संघहरूको छुट्टाछुट्टै पेभेलियनसमेत रहने बताए। साथै, हस्तकला, ईभी (विद्युतीय सवारी साधन), वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी हुनेछ।

व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू रहने र मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन सम्बन्धी छलफलहरू समेत गरिने जानकारी दिए।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले मेला नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर भएको बताए।

मेलामा चीनबाट पावर ट्रान्समिशन इक्युपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन गरिनेछन्।

मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना हुनेछ भने हेरिटेज कार्पेट सह–प्रायोजकको रूपमा रहनेछ। मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइने महासंघले जनाएको छ।

महासंघले विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ मा निःशुल्क स्टल उपलब्ध गराउने घोषणा समेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit