Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संचालनमा आयो बुटलवमा खुलेको हायात प्लेस, यस्ता छन् नयाँ विशेषता ?

संचालनमा आयो बुटलवमा खुलेको हायात प्लेस, यस्ता छन् नयाँ विशेषता ?
विज्ञापन
Advertisement

बुटवल, रूपन्देही । नेपालमा हायात ब्रान्डअन्तर्गत सञ्चालनमा आएको तेस्रो होटल हायात प्लेस बुटवल को सोमबार भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ। अन्तर्राष्ट्रिय रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै हायात प्लेसले बुटवलमा आधुनिक र सुविधासम्पन्न होटल संचालनमा ल्याएको हो, जहाँ व्यवसायिक तथा फुर्सदी दुवै उद्देश्यका यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर सेवा प्रदान गरिनेछ।

विज्ञापन
Advertisement
Advertisement

होटलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तर आरामदायी वातावरण, निःशुल्क इन्टरनेट सुविधा तथा चौबीसै घण्टा उपलब्ध खानेकुराजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्। किंग र ट्विन कोठाका विकल्पसहित ३०० देखि ७७५ वर्गफुट समेटिएका फराकिला कोठाहरू, जंगल वा पहाडी दृश्यअवलोकन गर्न मिल्ने व्यवस्था, साथै विशेष पाहुनाहरूका लागि १,५६० वर्गफुट क्षेत्रफलमा फैलिएको ‘राष्ट्रपति सुइट’ होटलको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

त्यसैगरी, होटलले सामाजिक तथा व्यवसायिक कार्यक्रमका लागि १५० जनासम्म अट्न सक्ने भव्य बहुउद्देश्यीय हलसहितका कार्यक्रमस्थलहरू पनि उपलब्ध गराएको छ, जसले स्थानीय तथा बाह्य पाहुनाका लागि बुटवललाई नयाँ सम्मेलन–गन्तव्यका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रमका अवसरमा हायात प्लेस बुटवलका महाप्रबन्धक तुषार नगरले होटलले पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर सेवा दिने लक्ष्य राखेको बताए। ‘हाम्रो लक्ष्य हरेक पाहुनालाई व्यक्तिगत रूपमा अनुभूति दिलाउने, उनीहरूको काम, विश्राम तथा खास समारोहहरूलाई अझ सहज र अर्थपूर्ण बनाउने हो,’ नगरले भने। उनका अनुसार आधुनिक कोठा, विविध खानपान तथा फराकिला कार्यक्रमस्थलहरूले गर्दा हायात प्लेस बुटवल व्यवसायिक र अवकाश मनाउने दुवै प्रकारका यात्रुहरूको आकर्षक गन्तव्य बन्नेछ।

होटलमा बाहिरी स्विमिङ पुल, व्यायामशाला, स्पा तथा बालबालिका खेल्ने क्षेत्रसमेत समावेश गरिएका छन्, जसले परिवारसहित आउने पाहुनाहरूलाई सहज अनुभव प्रदान गर्नेछ।

चौबीसै घण्टा उपलब्ध छिटो–छरितो खानेकुराको सेवा, विशेष कफी तथा पेयपदार्थ पाइने ‘जिङ बार’ र आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न सकिने ‘नेसेसिटिज’ सेवा पनि होटलले उपलब्ध गराएको छ।

होटलको नेतृत्व महाप्रबन्धक तुषार नगर र बिक्री निर्देशक पार्थ ब्यानर्जीले सम्हालिरहेका छन्। नगरले दैनिक सञ्चालन तथा कर्मचारीको समन्वयको जिम्मेवारी निर्वाह गर्नेछन् भने ब्यानर्जीले बुटवल क्षेत्रमा आउने पाहुनाहरू, परियोजना तथा कार्यक्रम आयोजना गर्ने समूहहरूसँगको समन्वय र पहुँच विस्तारमा ध्यान दिनेछन्।

 

हायात प्लेस विश्वका ४४० भन्दा बढी स्थानमा सञ्चालनमा रहेको होटल श्रृंखला हो, जसले आधुनिक यात्रुहरूका लागि सहज, व्यवस्थित र व्यावहारिक सेवाको संयोजन प्रदान गर्छ। हायात होटेल्स कर्पोरेसन भने विश्वका ८२ देशमा १,४५० भन्दा बढी होटल तथा अवकाशस्थल सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय आतिथ्य समूह हो, जसको मुख्य उद्देश्य ‘मानिसहरूको हेरचाह गर्ने ताकि उनीहरूले आफ्नो सर्वोत्तम प्रस्तुत गर्न सकून्’ भन्ने रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit