
काठमाडाैं –काठमाडौँको मुटुमा बन्ने १९ तला काठमाडौँ टावरको नक्सापास अवैधानिक तरिकाले अघि बढाइएको भन्दै मेयर बालेन शाहले गम्भीर आर्थिक, कानुनी र प्राविधिक बेथिति उजागर गरेका छन् । उनका अनुसार निर्धारित १२ तलाको सीमा तोड्दा न नयाँ प्लानिङ पर्मिट लिइयो, न वातावरणीय‑सामाजिक मूल्याङ्कन गरियो । NBC 105:2020 मापदण्डले १९ तला मोडल गर्दा ७० ५ स्तम्भ असफल देखाए पनि नक्सापास हस्ताक्षर गरिएको दाबी छ ।
आरोपअनुसार ७ तला थपिँदा निर्मातालाई दश गुना फाइदा पुग्ने तर महानगरलाई ३० वर्षमा कम्तीमा एक अर्ब रुपैयाँको संभावित आम्दानी छुटेको छ । पूर्व अधिकृतले दुई पटक फाइल फर्काएपछि केन्द्रबाट सरुवा आएका सरोज गुरागाईंले दुई दिनमै गोप्य रूपमा नक्सापास गरेका मेयरको आरोप छ ।
महानगरको भ्द्यएक् प्रणालीमा अहिलेसम्म स्वीकृति नदेखिएको र विभागीय प्रमुखहरूले ‘नक्सा पास गर्न नसकिने’ राय दिएको बावजूद फाइल अघि बढेकाले “नीतिगत भ्रष्टाचार” पुष्टि हुन्छ भन्दै शाहले पूर्ण छानबिन र दोषीमाथि कठोर कारबाही माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्