काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ ग्रहण गरेका छन् । उनले बिहीबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित सहभागी थिए ।

निवर्तमान मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त शिक्षामन्त्रीमा बुधबार पन्त नियुक्त भएका थिए ।
रघुजी पन्तको पृष्ठभूमि पत्रकारितासँग जोडिएको छ । २०३२ सालदेखि पत्रकारिता सुरू गरेका उनले तत्कालिन समयका बुधबार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक हुँदै नेपाल पत्रकार महासंघमा समेत काम गरेका थिए। पन्त वि. सं २०५१ सालमा उनी प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकार समेत बनेका उनी पछि राजनीतिमा आएका हुन् । २०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट पन्त प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०६१ सालमा श्रम तथा यातायात मन्त्री बनेका थिए । उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य समेत छन्।
















प्रतिक्रिया दिनुहोस्