Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ
विज्ञापन
Advertisement

अदानचुली(हुम्ला) । हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका–५ स्थानीय दीपबहादुर शाहीले बताए ।

उनले भने ‘पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार दिन पैदलयात्रा गुर्नपथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई चार घण्टामा घर पुग्छ ।’ गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए । अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन ।

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पु¥याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ । यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

अहिले यहाँका ती ठूला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडक जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताए । उनले यो, ‘यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ अहिले करिब रु एक करोडभन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit