Advertisement
Advertisement
Corporate Samachar
२४ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने
विज्ञापन
Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै चार ठाउँबाट विवरण सङ्कलन गर्नेभएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने जानकारी दिए । ‘विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको छ’,ाउनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयको विवरण सङ्कलन गरिनेछ । इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका कार्यालयबाट महानगरका ३२ वटै वडाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ । पोखरिया नगरपालिका कार्यालयबाट पोखरिया नगरपालिका, छिपरमाई, पकहाँमैनपुर, धोविनी र कालिकामाई गाउँपालिकाको सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ ।

पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा धेरै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन् । सहायक प्रजिअ कार्कीले ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जानकारी दिनुभयो । अहिलेसम्म २३ हजार भन्दा धेरै सेवाग्राहीले छापिएर आएको राष्ट्रिय परिचयपत्र लिइसक्नुभएको छ,’ उनले भने ।

कार्यालयले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक,अपाङ्गता, गर्भवती र वैदेशिक रोजगारीमा तुरुन्तै जानुपर्ने सेवाग्राहीलाई प्रथामिकतामा राख्दै काम गर्दै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit