Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर २ र डिजेल १ रुपैयाँले सस्तो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर २ र डिजेल १ रुपैयाँले सस्तो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ। आज (२०८२ वैशाख १७ गते)  रातीबाट लागुहुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो। अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको लागि २१० रुपैयाँ, डिजेल तथा मट्टितेलको लागि १९९ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि पेट्रोलको मूल्य २१२ रुपैयाँ र डिजेल/मट्टितेलको २०० रुपैयाँ थियो।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै, हवाइ इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले घटेर १२१ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाइएको छ।

नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट अप्रिल ३० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार एल.पी. ग्यासको मूल्य भने यथावत् राखिएको छ। निगमका प्रवक्ताले दिएको जानकारी अनुसार हाल एल.पी. ग्यासमा प्रति सिलिन्डर १५१ रुपैयाँ घाटा रहेको छ।

नयाँ मूल्य सूची अनुसार काठमाडौं, पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्जलगायत विभिन्न स्थानका लागि पृथक दर कायम गरिएको छ। निगमले १५ किलोमिटर भित्रका डिपो तथा कार्यालय क्षेत्रका लागि मात्र यो मूल्य लागू हुने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit