Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्य, ग्राहकलाई भारतमा विशेष छुट

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्य, ग्राहकलाई भारतमा विशेष छुट
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच भारतमा उपचार गराउँदा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरद्वारा बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट दिई सहजीकरणका गर्ने गरी दुई पक्षबीच सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाईंले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारी अनुसार नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र परामर्श सेवा पाउँछन् ।

नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीका अनुसार नेपालबाट उपचारका लागि भारतका अस्पतालमा जाने बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सेन्टरसँगको समझदारी गरिएको हो ।

समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू सेन्टरले उपलब्ध गराउने छ । यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit