काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक ६२.२५ अंकले बढेर २ हजार ६७३.६९ विन्दुमा आइपुगेको छ । निरन्तर घटिरहेको अबस्थामा बजारले एकैपटक उच्च अंकले बढेको हो । यो दिन २२७ कम्पनीको शेयर २२७ कम्पनीको मूल्य बढ्दा १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यो दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओममेघाश्री फार्मास्टिकल, पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सानिमा मई हाइड्रो पावर, न्यादी ग्रुप पावर, राधि विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको ४१ करोड रुपैयाँदेखि ५९ करोड २० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन बढेको बजारमा न्यादी हाइड्रो पावर कम्पनीको ४.५० प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२को शेयर मूल्य३.०३ प्रतिशतले घटेको छ । यो दिन १३ वटै समूहको सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक२.९७ प्रतिशत, विकास बैंकको समूहको २.४० प्रतिशतले बढ्दा शेयर बजारको ठुलो हिस्साले बजार उचालिएको हो । त्यस्तै, फाइनान्स, जलविद्युत समूहको सूचक ३.१३ प्रतिशतले बढेका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्