Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

‘ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी’ को प्रि–बुकिङ्ग खुला, कति पर्छ मूल्य ?

‘ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी’ को प्रि–बुकिङ्ग खुला, कति पर्छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले नयाँ ‘ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न क्लासिक पोर्टफोलियोलाई विस्तार गर्दै ट्रायम्फ मोटरसाइकल्स नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आयोजित कार्यक्रममा नयाँ ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी १५ गते सार्वजनिक गरिएको हो ।

एड्भेन्चर मनपराउने राइडरहरूका लागि डिजाइन गरिएको ‘ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी’ उत्कृष्ट अफ–रोड क्षमता र गुणस्तरीय कारीगरीसहित बनाइएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल नेपालको भौगोलिक विविधता भएको शहरदेखि पहाडी क्षेत्रसम्म सहजै लैजान सक्ने गरी निर्माण गरिएको छ।

बाइकको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सी देशभरका ट्रायम्फका आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरूका लागि प्रि–बुकिङ्ग औपचारिक रूपमा खुला गरिएको छ।

ट्रायम्फ मोटरसाइकल्स नेपालका म्यानेजर सागर थापाले अन–रोड र अफ–रोड दुवै अवस्थामा राइडरलाई आत्मविश्वास प्रदान गर्ने बताए ।
उनले भने, ‘नेपालका विविध भू–भागहरूलाई ध्यानमा राखी बनाइएको यस मोटरसाइकलले बलियो क्षमता र उत्कृष्ट डिजाइन लाई एकसाथ जोड्दै, अन–रोड र अफ–रोड दुवै अवस्थामा राइडरलाई आत्मविश्वास प्रदान गर्दछ।’

प्रिमियम डिटेलिङ, एड्भेन्चर केन्द्रित अपग्रेडहरू र रेट्रो लूक्स सहित, नयाँ ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स सीले नेपालमा मिड क्यापासिटी एड्भेन्चर राइडिङलाई पुनःपरिभाषित गर्ने ट्रायम्फको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit