काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको प्रधानमन्त्रीलाई जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, श्रीवास्तवले पाकिस्तानले भारतीय जेट खसालेको प्रचार सत्य नभएको प्रस्ट्याएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
राजदूत श्रीवास्तवले उक्त घटनाको सम्बन्धमा सरकारले बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन् ।
दुईपक्षीय भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरेका छन् । ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने श्रीवास्तवसामु स्पष्ट गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्