Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बजेटमा किसानको हित हुनेगरी योजना तय गछौँ : मन्त्री श्रेष्ठ

बजेटमा किसानको हित हुनेगरी योजना तय गछौँ : मन्त्री श्रेष्ठ
विज्ञापन
Advertisement

ललितपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले कृषि र किसानको प्रोत्साहनका लागि उत्पादनलाई हेरेर अनुदानको व्यवस्था गरिने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा आज ललितपुरमा आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा मन्त्री श्रेष्ठले जनताले महसुस गर्ने गरी बनेट ल्याउने बताएका हुन् ।

उनले भने , ‘किसानको हितभन्दा बाहिर गएर सरकारबाट काम हुँदैन, बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्रै उत्पादन गरेर व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्नेछ । नीति तथा कार्यक्रम र बजेट आउने तयारीमा छ, जनताले महसुस गर्नेगरी योजना तय गर्नेछौँ।’

मन्त्री श्रेष्ठले हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भइरहेका भन्दै बचतकर्ताको रकम फिर्ताका लागि समन्वय भइरहेको बताए । । उनले सङ्घीयताको सबलीकरणका माध्यमबाट तीनै तहका सरकारले ध्यान दिनुपर्ने र चालुभन्दा पुँजीगत खर्चलाई बढवा दिँदै जनअपेक्षा सम्बोधनमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

यस्तै, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दूध उत्पादन तथा प्रशोधनमा काम गर्ने सहकारीहरूले नगरभित्र कुनै पनि समस्या भोग्नुनपर्ने बताए । ‘हाल सबैभन्दा बढी पिल्सिएको वर्ग भनेको किसान नै हो । तरकारी, दुग्धजन्य क्षेत्रमा पनि त्यही समस्या छ, किसानले समयमा भुक्तानी नपाइरहेको गुनासो छ । दूध उत्पादन गर्ने सहकारीलाई हरतरहले सहयोग गर्छौं,’ उनले भने । महर्जनले विदेशमा उत्पादित चिसो पेयपदार्थभन्दा स्थानीय दुग्धजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष पदमानारायण देवकोटाले किसानको पैसा नदिने उद्योगीले आफ्नो स्टक देखाएर भुक्तानी रोक्ने कार्य उचित नभएको धारणा राखे । किसानबाट दूध सङ्कलन गरेका उद्योगीले छ महिनासम्म भुक्तानी रोेकेर राख्दा किसानले आन्दोलनमा जानुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसान, उपभोक्ता, सहकारी संस्था र उद्योगीबीच सहकार्य गरी १५÷१५ दिनमा भुक्तानी दिनसक्ने गरी अगाडि बढ्नुपर्ने बताए । गोदावरी–३ का अध्यक्ष सानुराज घिमिरे (राज), काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण बडाल, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले कृषि उत्पादनमा नेपालको भविष्य भए पनि दुग्धजन्य पदार्थ, फलफूल र तरकारीको क्षेत्रमा सम्बन्धित निकायले प्रभावकारी नीतिगत व्यवस्था गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले किसानले आफूले उत्पादन गरेको दूध बिक्री गरेर पनि पैसा पाउन अनुनय विनय गर्नुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गरे । किसानलाई पीडा दिने यस्ता गतिविधि अन्त्य गर्न उनले आग्रह गरे।

सङ्घका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले ललितपुरमा तीन लाख लिटरभन्दा बढीको बजार रहेको जानकारी गराउँदे निजी क्षेत्रबाट मात्र नभई दुग्ध विकास संस्थानबाट पनि कात्तिकदेखिको भुक्तानी पाउन बाँकी रहेको सुनाए । यसमा आवश्यक सहजीकरणका लागि विभागीय मन्त्रीको ध्यानाकर्षण गराए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit