Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार पूर्ण सचेत छ : परराष्ट्र

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार पूर्ण सचेत छ : परराष्ट्र
विज्ञापन
Advertisement

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पाकिस्तान र भारतबीच बढ्दै गएको तनावपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै परराष्ट्रले शुक्रबार विज्ञप्तिमार्फत पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

“हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” परराष्ट्रद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।”

मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने सक्ने परराष्ट्र जनाएको छ ।

परराष्ट्रले पाकिस्तानमा रहेका नेपालीलाई तत्काल कुनै सहयोग आवश्यक परेमा दूतावासका तृतिय सचिव वृन्दा सुवेदीलाई ९२–३३१३२९३११९ नम्बर र आर्सलान मेहमुदको ९२–३४०५१७४२६१ नम्बरमा फोन गरी सहायता लिन आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit