Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पाँच करोड ३५ लाख अनियमितता अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर

पाँच करोड ३५ लाख अनियमितता अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर
विज्ञापन
Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोगले २०६० सालदेखि हुलाक बचत बैङ्कको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ । उनीहरुले बैङ्कमा जनताको निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैङ्क दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ ।

उनीहरुविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit