Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

देशको अर्थतन्त्र लयमा आइसक्यो : गृहमन्त्री लेखक

देशको अर्थतन्त्र लयमा आइसक्यो : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक मोरङ, ३० वैशाखः गृहमन्त्री रमेश लेखक मङ्गलबार कारागार कार्यालय मोरङको विराटनगरमा नवनिर्मित भवन तथा संरचनाको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः मनोज दाहाल÷रासस
विज्ञापन
Advertisement

विराटनगर । गृहमन्त्री रमेश लेखकले गठबन्धन सरकार बनेको दश महिनामा देशको आर्थिक अवस्था लयमा फर्किएको दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार कारागार कार्यालय मोरङको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएको बताए ।

उनले भने, ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । देशको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन । यो मैले भनेको होइन, राष्ट्र बैंकको तथ्यांक हो ।’

वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानुनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र देशको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको भनाई उनको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit