Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

तीन दशक पुरानो राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

तीन दशक पुरानो राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstfdfly 5nkmn sf7df8f}F, #) j}zfvM k|ltlglw;ef a}7sdf dªunaf/ cfly{s jif{ @)*@÷*# sf] nflu ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstf ;DaGwdf -s/ k|:tfj afx]s_ dfly 5nkmn k|f/De . tl:a/M /Tg >]i7 ÷/f;;
विज्ञापन
Advertisement

काठमाडौं । सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गरेकी छन् । करिब ३८ वर्ष अघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेकामा उनले गुनासो गरिन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद झाले आवश्यक साधन र स्रोतको प्रबन्ध गरेर सो औद्योगिक क्षेत्र सञ्चालन गर्न तथा आर्थिक विकासको मार्गमा स्थानीयवासीलाई केन्द्रित गर्न सरकारसँग माग गरेकी हुन् ।

यस्तै, सांसद अब्दुल खानले झन्डै दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलनरत पिछडा वर्गलाई वार्तामा बोलाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले चामल नभई धान आयात गर्नुपर्ने, इँटा उद्योगलाई कानुनी दायरामा ल्याउन तथा बिमाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रञ्जिता श्रेष्ठले कैलालीमा बस्दै आएका थारू र दलित समुदायका कतिपय परिवारसँग एक टुक्रा पनि जमिन नहुनु दुःखद भएको बताइन् । उनले ती समुदायलाई तत्काल लालपुर्जा र भूमि उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

सांसद चित्रबहादुर केसीले बाग्लुङमा निर्माणाधीन पुष्पलाल लोकमार्गमा भइरहेको ढिलाइप्रति आपत्ति जनाए । उनले निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरे । सांसद प्रभु साहले मेची महाकालीका जनताले हुलाकी राजमार्गमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सरस्वती बजिमयले मुलुकभित्र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार भइरहेको बेला नीतिगत अस्थिरताका कारण समस्या पैदा भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरिन् । उनले सो क्षेत्रमा कर छुट दिई लगानी विस्तार हुने वातावरण बनाउन माग गरिन । यस्तै, सांसद नारायणप्रसाद आचार्यले कालीगण्डकी करिडोर, नागढुङ्गा नौबिसे सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग जस्ता विकास निर्माणका बारेमा संसद्मा छलफल गराउन माग गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit