Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एक वर्षमा नेपालले लियो १ खर्ब १९ अर्ब ऋण, वैदेशिक अनुदान आधाले घट्यो

एक वर्षमा नेपालले लियो १ खर्ब १९ अर्ब ऋण, वैदेशिक अनुदान आधाले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले गएको वर्ष १ खर्ब १९ अर्ब ऋण लिएको छ। महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा वैदेशिक अनुदान भने जम्मा २३ अर्ब २९ करोड रुपैयाँ प्राप्त गरेको उल्लेख छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदनमा वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोडसमेत कूल २ खर्ब ६२ अर्ब ६९ करोड प्राप्त हुने अनुमान गरेको थियो । जसमा प्राविधिक सहायताबाहेक अनुदान २३ अर्ब २९ करोड र वैदेशिक ऋण १ खर्ब १९ अर्ब ६ करोडसमेत गरी १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ (५४.१९ प्रतिशत) मात्र प्राप्त गरेको उल्लेख छ।

बजेट वक्तव्यमा अनुमान गरिएको रकमको तुलनामा यो वर्ष वैदेशिक अनुदान ४६.६३ प्रतिशत र वैदेशिक ऋण ५५.९६ प्रतिशत प्राप्त भई समग्रमा ५४.१९ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।  नेपालमा आउने वैदेशिक अनुदान रकम आधाभन्दा बढीले घटेको प्रतिवेदनले प्रस्ट्याएको छ ।

‘यो वर्ष वैदेशिक अनुदानतर्फ १८ निकायअन्तर्गत ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान रहेकोमा २३ अर्ब २९ करोड रुपैयाँ (४६.६३ प्रतिशत) प्राप्त भएको र वैदेशिक ऋणतर्फ १३ निकाय अन्तर्गत २ खर्ब १२ अर्ब ७५ करोड प्राप्त हुने अनुमान रहेकोमा १ खर्ब १९ अर्ब ६ करोड (५५.९६ प्रतिशत) प्राप्त भएको छ’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै नेपाल सरकारको २०८१ आषाढ मसान्तसम्मको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९९ लाख रुपैयाँ रहेको छ। सोमध्ये वैदेशिक ऋण १२ खर्ब ५३ अर्ब १९ करोड ८० लाख (५१.४९ प्रतिशत) र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड १९ लाख (४८.५१ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit