Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

स्थानीय तहमा पदाधिकारी सुविधाको चरम दुरुपयोगः अतिथि सत्कार देखि भान्सेसम्मलाई बाँडियो १४ करोड

स्थानीय तहमा पदाधिकारी सुविधाको चरम दुरुपयोगः अतिथि सत्कार देखि भान्सेसम्मलाई बाँडियो १४ करोड
विज्ञापन
Advertisement

काठमाडौं । स्थनीय तहले कर्मचारी र पदाधिकारीलाई इन्धन, चाडपर्व, यातायातलगायतका खर्चको नाममा एक वर्षमा १४ करोड ६ लाख बढी रकम बाँडेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार यो वर्ष १३ स्थानीय तहले चाडपर्व खर्च बापत १३ लाख ९६ हजार, २८ स्थानीय तहले पोशाक सुविधामा १ करोड २८ लाख ३५ हजार बाँडेका छन् ।  यस्तै, ऐनमा उल्लेख भएभन्दा फरक हुनेगरी ७७ स्थानीय तहले पदाधिकारीहरूलाई यातायात खर्चमा ५ करोड ७ लाख ९५ हजार, ५३ स्थानीय तहले ऐनमा उल्लेख भएभन्दा बढी हुने गरी इन्धनमा ३ करोड ५७ लाख ६७ हजार, १६ स्थानीय तहले विविध शिर्षकमा १ करोड ४५ लाख ६८ हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै, ७३ स्थानीय तहले नियमले नपाउने भान्से, घरभाडा, अतिथि सत्कारलगायत अन्य सुविधावापत २ करोड ५२ लाख ४१ हजार गरी कूल १४ करोड ६ लाख १२ हजार रुपैयाँ भन्दा बढी भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । उल्लेखित शिर्षकमा स्थानीयतहद्वारा गरिएका सबै खर्च ऐन विपरित हुन् ।

पदाधिकारी सुविधा सम्बन्धमा प्रदेश सभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले तोकिए बमोजिम मासिक सुविधा पाउने व्यवस्था छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit