Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

नौवटा उप–समितिलाई उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

नौवटा उप–समितिलाई उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिको आजको बैठकपछि समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एकमहिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिएका हुन् ।

समितिले उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो । समितिमा ४८ उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरुले सम्यमित भएर प्रस्तुत हुन आग्रह समेत गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit