Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई दुई लाख पाँच हजार, काठमाडौं मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई २० हजार, काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई पाँच हजार रुपैयाँ कारबाहीस्वरुप जरिवाना गराएको हो ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौं मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौं मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit