Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

जेठ अन्तिमदेखि ग्वार्को फ्लाईओभर सञ्चालन हुन्छ : भौतिक मन्त्री दाहाल

जेठ अन्तिमदेखि ग्वार्को फ्लाईओभर सञ्चालन हुन्छ : भौतिक मन्त्री दाहाल
विज्ञापन
Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधिन ओभरपास जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्माणको अन्तिम चरणमा रहेको ‘फ्लाई ओभर’को आज स्थलगत निरीक्षणपछि मन्त्री दाहालले यो महिनाको अन्तिमदेखि ओभरपासबाट सवारी साधन सञ्चालन हुने बताए ।

ओभरपास निर्माणका बाँकि कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई उनले निर्देशन पनि दिए । ‘अब पनि ढिलाई गर्ने छुट छैन’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ । यो एउटा प्रतिक्षाको आयोजना पनि हो ।’  निर्माणाधिन ओभर पास अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको छ भने ट्राफिक लाईट जडानको कार्य बाँकी छ ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका कारण समस्या भएकोले समयमै निर्माण सम्पन्न नभएको जानकारी दिए । यस्तै, सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार फ्लाई ओभरको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रे गर्ने देखि लाईट जडानको काम जारी छ ।

आशिष–समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाई ओभर निर्माणको काम गरिरहेको छ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको उक्त फ्लाई ओभर सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न भई हस्तान्तरण भैसक्नुपर्ने थियो । निर्माण नसकिएपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो। निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ।

फ्लाई ओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन र ग्वार्को–लामाटार, ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन फ्लाई ओभरको सडकबाट गुड्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit