Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

निजामती विधेयक प्रति असन्तुष्ट कर्मचारीले सिंहदरबारभित्रै गरे विरोध

निजामती विधेयक प्रति असन्तुष्ट कर्मचारीले सिंहदरबारभित्रै गरे विरोध
विज्ञापन
Advertisement

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै निजामती कर्मचारी चिढिएका छन् । विधेयकमा रहेका वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि जनाउँदै मन्त्रालयका कर्मचारीले आज धर्ना दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पस्ने ढोका अगाडि कर्मचारीहरु उभिएर विरोध गरेका हुन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिले विधेयकमा कर्मचारीको वृत्ति विकासको विषय स्पष्ट नरहेको भन्दै त्यसमा प्रस्ट गर्नुपर्ने माग गरेका छन् । यस्तै, कर्मचारीको सरुवा र बढुवा सम्बन्धमा समेत प्रस्तावित विधेयकले अस्पष्‍टता कायम गरेको उनिहरुको भनाइ छ । निजामती कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्नेलगायतका माग राख्दै कर्मचारीले धर्ना दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit